ब्लाष्टखबर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले संसद विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । 

बबरमहलस्थित कार्की व्याङक्वेटमा प्रचण्ड–नेपाल समुहकाे आज बसेकाे केन्द्रीय कमिटीको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ।

बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ । त्यस्तै,  जारी बैठकमा महासचिव चयनसम्बन्धी कार्यसूची नराखिएकाे केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।