ब्लाष्टखबर । पूर्व माओवादी खेमाका प्रभावशाली नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी भएका छन् ।

नेकपा सचिवालय सदस्यसमेत रहेका बादल बिहीबार ओली पक्षकाे केन्द्रीय समिति बैठकमा सहभागीताका लागी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

मंगलबार प्रचण्ड–नेपाल पक्षकाे केन्द्रीय समिति सदस्यको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारबाट बादल सहभागी हुने बताएपनि उनले कुन पक्षमा जाने भन्ने स्पस्ट भएकाे थिएन् ।

याेसँगै नेकपा सचिवालयमा रहेका ९ जनामध्ये ओली समूहमा ४ जना खुलेका छन् । उपाध्यक्ष वामदेव गौतम भने बिहीबारसम्म कुनै कित्तामा लागेका छैनन् ।