ब्लाष्टखबर । कटुवा पेस्तोलसहित मोरङको सुनबर्सीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनबर्सी नगरपालिका वडा नम्बर ५ झुगी चोकबाट सोहि ठाउँका ४१ वर्षीय राज कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार मण्डललाइ शंकाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटएिको प्रहर टोलीले चेकजाँच गर्ने क्रममा कम्मरमा लुकाएर राखेको अवस्ससथामा कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली २ थान र नगद १९ हजार ३२५ रुपैयाँ का साथै २ थान सादा मोवाइल सेट बरामद गरेको हो ।

पक्राउ परेका मण्डलमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।