धरान/ धरानबाट ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठको साथबाट ८ ग्राम ८५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जानकारी पाएपछि प्रहरीले विक्कीलाई पनि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रेहान प्रयोगकर्ता हुन् भने विक्की कारोबारी हुन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट सोमबार नै म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।