ब्लाष्टखबर । हत्याकाे अभियाेमा जिल्ला अदालत सुनसरीले २० बर्ष कैद सजाय सुनाएकाे फरार प्रतिवादी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरीकाे रामधुनी नगरपालिका ६ का ३२ वर्षीय कृष्णराज धामी रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । कार्यलयका अनुसार साथीको विवाहमा जन्ती गएको बेला कृष्ण र उनका अन्य ४ जना साथिहरू मिली २०६४ बौख २८ गते साविककाे एकम्बा गाविस ४ का सुरेन कुमार ठाकुरलाई छुरा प्रहार गरेका थिए । 

सामान्य विवादमा ठाकुरलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । घटनापछि धामी फरार धामीसहित उनका ४ साथीहरूलाई कर्तव्य ज्यान मुद्दामा दाेसी ठहर गर्दै अदालतले २०७१ साउन २९ गते  २० बर्ष कैद सजाय सुनाएको थियो ।

प्रहरीले धामीलाई घटनाकाे १३ वर्षपछि मोरङको उर्लाबारी नगरपालिका ५ बाट पक्राउ गरेकाे  कार्यालयले जनाएकाे छ  । पक्राउ परेका धामीलाई अदालतको आदेश बमोमिज कैद भुक्तानको लागि झुम्कास्थित कारागार पठाइएको कार्यालयले जनाएको छ ।