ब्लाष्टखबर । लागुऔषध खैरोहिरोईनसहित झापामा दुई भारतिय नागरिक पक्राउ परेका छन ।
 
झापाको भद्रपुर-४ नरसिंह स्थित बगानबाट आज बिहान ११ बजे ५ ग्राम खैरोहिरोईनसहित भारतकाे बिहार राज्य स्थित गलगलिया-४ का १९ बर्षीय महमद जबर र ५९ बर्षीय ऐजुब महमद अली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा चेकजाँच गर्नेक्रमा साे परिमाणकाे लागुऔषध बरामद गरेकेा उक्त कार्यालयले जनाएकाे छ । पक्राउ परेका उनिहरूमाथि थप अनुसन्धान भइरहकाे कार्यालयले जनाएकाे छ ।