ब्लाष्टखबर । शारिरिक तथा मानसिक रुपमा अशक्त महिलालाई जबरजस्ति करणी गरेको अभियोगमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ बाहुवान स्थित कदमगाछिका वर्ष २५ का बौका भनिने सुरेन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मण्डलले सोहि ठाउँकी ३५ वर्षीय शारिरिक तथा मानसिक रुपमा अशक्त महिलालाई एक्लै भएको मैका छापी परालको बाझामा जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी उक्त कार्यालय रंगेलीमा नै रखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी र्कायालय मोरङका प्रवक्ता मान बहादुर राईले जनाएका छन् ।