ब्लाष्टखबर ।  इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा हत्या भएकाे छ । 

परमाणु वैज्ञानिक फखरीजादेहको कारमा बम राखि बिष्पाेट गराउन्रका साथै गालिबार भएकाे त्यहाकाे स्थानिय समाचार संस्थाहरूले उल्लाेख गरेकाे छ । बम हमलापछि घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको भएपनि उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे इरानको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

फखरीजादेहकाे हत्या प्रायोजित रुपमा हत्या भएको भन्दै इरानका विदेश मन्त्री मोहम्मद जरीफले हत्याको निन्दा गरेका छन् । इरानकाे गाेप्य परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता रहेकाे मानिएका उनकाे हत्यामा इजरायलको संलग्नता रहेको इरानले आरोप लगाएको भएपनि इजरायले भने अहिलेसम्म आरोपको खण्डन गरेकाे छैन।