ब्लाष्टखबर  । मोरङको उर्लाबारी नगरपालिकाबाट जुवा तास खेलिरहेका अवस्थामा ७ जनालाई पुहरीले पक्राउ गरेकाे छ ।
 
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका वडा नम्बर ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु,  वडा नम्बर ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, वडा नम्बर ३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका  जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।
 
उनिहरूलाई बिहिबार साझ वडा नम्बर ९ बाट ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । पक्राउ परेका उनिहरूकाे साथबाट ३ लाख २५ हजार १५५ नगद बरामद गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।