बिना दर्ताको औषधी तस्करी गर्ने यादब विरूद्ध म्याद थप

alt
  • मंसिर ११, २०७७
  • ब्लाष्ट खबर

विराटनगर/ बिना दर्ताको औषधी भारतदेखि तस्करी गरी भण्डारण गरिएको अवस्थामा प्रहरीले पक्राउ गरेको एक जनालाई औषधी व्यवस्था विभाग विराटनगरले अदालतमा म्याद थप गरेको छ ।

विराटनगर – १३ का ३६ वर्षीय नरेश यादवलाई बुधबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी विभागले अनुसन्धान सुरू गरेको हो । पक्राउ परेका यादवलाई अदालतमा प्रतिबन्धित औषधीको पैठारी तथा ओसारपोसार मुद्दा म्याद थप गरी अनुसन्धान सुरू गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

तस्करी गरी ल्याएको औषधी मोरङ प्रहरीको सिआरबी टोलीले विराटनगर – १३ स्थित नरेश यादवको घरमा भण्डारण गरी राखिएको अवस्थामा सोमबार राती बरामद गरेको थियो । औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी विराटनगरका केही फार्मेशीले तस्करी गरी ल्याउने गर्दछन् ।

सो औषधीहरू ल्याउने जिम्मा यादवले लिएको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । यादवको घरबाट औषधी बरामद गएपछि उनी फरार थिए । प्रहरीले मंगलबार दिउँसो विराटनगरबाट उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले यादवको घरदेखि ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ कोरोनाको उपचारमा प्रयोग गरिने रेमडिसिभर औषधी पनि बरामद गरेको थियो । प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन । मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरी नेपालमा ल्याउँदा महँगो मुल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकाहरू बताउँछन् । सो इन्जेक्सन २ देखि २ हजार ५ सय रुपैयाँ प्रतिगोटा विक्री हुने गरेको बुझिएको छ ।

संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved