धरान/सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट लागूऔषधसहित प्रहरीले आइतबार दुईजनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरीको संयुक्त टोलीले शंकाको आधार जाँच गर्दा कोशी गाउँपालिका–७ का १९ वर्षीय जुवेर आलम र सोही ठाउँका १९ वर्षीइ नियादुद्दीन मियाँलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट डाइलेक्स डिसी ४४ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र निट्राभेट १९९ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी लागूऔषध ऐन २०३३ अनुसार कारबाही भइरहेको प्रहरीले जनाएको छ ।