विराटनगर । किर्ते गरि झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

इनरूवा नगरपालिका १ का ५२ वर्षिय रमेश कुमार शर्मालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

शर्माले झुटा विवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । अहिले सोधपुछ भइरहेको उनले बताए । पक्राउ परेका शर्माको नेपाल र भारत दुवै देशको नागरिकता लिएको पनि पाइएको छ ।

नेपालको नागरिकता नं.७८१७÷००३ रहेको छ । उनले अहिलेसम्म भारतको नागरिकता पनि त्यागेका छैनन । भारतमा सन् २०१७ मा भएको निर्वाचनमा मतदाता नामावलीमा रमेशको नाम रहेको छ । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५३७ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा नारायण निवास घर रहेको छ ।

रमेशका बावु लगनलाल शर्मा हुन् । बावुको पनि नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको छ । छगनलाल इनरुवा बजारमा घर रहेको छ । कपडाको व्यापार गर्ने छलनलाल विवादमा मुछिएपछि अहिले पसल छोडेका छन् । छगनलाले ३४ वर्षको उमेरमा २०३४ माघ १९ गते नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६÷२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५१९ रहेको छ ।

छगनलालले भारतको रासनकार्ड समेत लिएको पाइएको छ । छगनलाले लिएको रासनकार्डको नम्बर २०००००१०८३५८ रहेको छ । छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ । छगनलालको रमेश जेठा छोरा हुन् ।