ब्लाष्टखबर । उर्लाबारी नगरपालिका ६ बाट विप्लव कार्यकर्ता अवैध हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा फाक्ताङलुङ गाउँपालिका २ का पेम्बा साङ्गे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शेर्पा विप्लव नेतृत्व अवैध नेपाल कम्युनिष्ट पार्टी माओवादीका सेक्सन कमान्डर रहेका उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नगरपालिका ६ स्थित रमाईलो टोलमा रहेको एक बहादुर विश्वकर्मको घरमा हतियार सहित विप्लव माओवादीका कार्यकर्ता बसेको भन्ने सुचनाको आधारमा घरको खानतलासी गर्ने क्रममा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल, पेस्तोलमा लोड गरि राखेको ७.६७ लेखएिको ३ वटा गोलिसहितको म्गजिन, सहयोग रसिद, जनमुक्ती सेना लेखिएको किताब, शेर्पाको सक्कल नागरिकता, मतदाता परिचय पत्र, विभन्नि ५ वटा नम्बर प्रयोग गरीएको तिन थान मोवाइल लगायतका सामानहरु बरामद गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनलाई हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।