विराटनगर । राष्ट्रिय गायकको छवि बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बिजयी दशमी र तिहार लाई लक्षित गरी ‘दशैं तिहार’ गीत सार्वजानिक गरेका छन् । खड्काले ‘दशैं तिहार’ गीत सार्वजनिक गरेका हुन् ।

विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । केही दिन अगाडी पनि उनले ‘आयो दशैं’ गीत बजारमा ल्याइसकेका छन् । सो गीत अहिले युट्युबमा राम्रो भियूज छ । स्रोताहरूले दशैंको गीत रूपाइदिएपछि दोस्रो दशैं र तिहारलाई लक्षित गरि बजारमा ल्याएको उनले बताए । ‘मेरो पहिलो गीतलाई जसरी नै अहिले आएको दशैं तिहार गीत स्रोता, दर्शकहरूले मन पराइदिनुहुन्छ भन्ने मैले आशा गरेको छु,’ गायक खड्काले भने । हालै बजारमा ल्याएका देशैं तिहार गीतको संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको शब्द रहेको छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर, नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा, रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल, सपना घले मगरलगायतले अभिनय गरेका छन् । सो म्यूजिक भिडियो आयुष घलेले सम्पादन र निर्देशन गरेका हुन् ।