बेलबारी नगरपालिकाकी उपप्रमुखकाे शब्द रचना रहेको दशैँ गीत सार्वजनिक भएकाे छ ।  कवि, लेखक र  गीतकार समेत रहेकी उपप्रमुख तारा पराजुलीद्बारा रचित उक्त गीत बिहिबार काठमाडौंमा सम्पन्न एक भव्य कार्यक्रमबीच सार्वजनिक भएको हाे । 

मर्मस्पर्शी प्रस्तुति रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी निवासी  पहिलो बेलबारी आइडल सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ ।

गीतलाई एरेञ्जर राजवाहकले एरेञ्ज गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘महानायक’ को यो दशैँ गीत द पिक स्टुडियो काठमाडौंमा रेकर्डिङ भएको थियाे ।

श्रोताहरूको चीरप्रतिक्षित मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको गीत अब चाँडै बजारमा ल्याइने निर्देशक लामाले बताए । बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै संगीत क्षेत्रमा सम्भावना बोकेका गायकगायिका हुन् ।

गीतकाे सार्वजनिक गर्दै उपप्रमुख एवं गीत शब्द रचनाकार पराजुलीले  भनिन् ' दुबै यो समयका प्रतिभावान गायकगायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्ने छ, श्रोताहरूको भरपुर माया पाउने छ भन्ने कुरामा म ढुक्क छु । आम श्रोताहरूको माया र प्रेमले मात्र प्रतिभाशाली गायकगायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्ने छ । '

उपप्रमुख पराजुलीद्वारा लिखित एक दर्जनभन्दा बढी गीतहरू यस अघि नै रेकर्डिङ भइसकेका छन् । उनि बाल्यकालदेखि नै काव्य लेखनमा रूचि राख्ने स्रष्टा हो । देशभरका थुप्रै एकल काव्य बाचनमा समेत सर्वोत्कृष्टता हात पारेकी उनी दर्जनौं पुरस्कारबाट पुरस्कृत र सम्मानित भएकी छिन् ।

जनसरोकारका क्षेत्रमा नगरबासीमाझ सहयात्रीको रूपमा उपस्थित रहँदै अाएकी उपप्रमुख पराजुलीकाे साहित्य तर्फपनि उस्तै सक्रियताले विधागत विभिन्न समुदायका स्रष्टामाझ उनको अभिभावकीय उपस्थितिले बेलबारी स्रष्टा सम्मान र संरक्षणको मियो भूमिकामा प्रष्ट हुन्छ ।

भूमिप्रसाद पाठक