ब्लाष्टखबर । इटहरीका थप १ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारारत इटहरी ६ की एक ६० वर्षिया कोरोना संक्रमित महिलाको आज बिहान ४ बजे मृत्यु भएको तिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार मधुमेहको समस्या रहकाे मृतकमा असोज २४ गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।