ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा बेलबारीका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बेलबारी १० का ३७ वर्षिय काेराेना संक्रमित पुरूष रहकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन्।
असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनकाे प्रतिष्ठानकाे कोभिड अस्पतालमा मंगलबार साँझ ६: ४५ बजे मृत्यु भएको डा. श्रेष्ठकाले बताएका छन् ।
































