विराटनगर । विराटनगर स्थित कोशी अस्पतालकाे कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।
प्रदेश १ सरकारद्धारा सञ्चालित उक्त अस्पतालले प्लाज्मा थेरापी सेवा शुरु गरेसंगै अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन् ।
प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थपगर्दै लगेको छ । अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए।
कोभिड अस्पतालमा लक्षण सहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।