पथरी / मेघा स्टार गायन प्रतियोगिताको उपाधि मोरङको पथरीशनिश्चरे नगरका टेकेन्द्र गुरुङले हात पारेको छ ।
पिएल टिभी एचडीले आयोजना गरेको पिएल टिभी मेघा स्टार गायन अनलाइन प्रतियोगिताको उपाधी पथरीशनिश्चरे–२ का गुरुङले हात पारेको हो ।

पथरीशनिश्चरे –१ को पिएल टिभी एचडीको कार्यालयमा भएको फाइनल राउण्डमा गुरुङले उपाधीसंगै नगद १५ हजार रूपैयाँ, एउटा गित रेकर्डिङ र एउटा म्युजिक भिडियो निर्माणको अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

देश तथा विदेशमा रहेका २ सय ५० जना प्रतियोगी सहभागी रहेको अनलाइन कार्यक्रमको टप ५ मा काठमाडौंका सिद्धार्थ बज्रचार्य, स्‍मृति शेर्पा र मोरङका अबिशेक लिम्बू, संगिता गहतराज र टेकेन्द्र गुरुङ छानिएका थिए । कार्यक्रमको निर्णयकहरुमा वरिष्ठ संगितकार कृष्ण योन्जन, महेश ज्ञवाली र गायक रविन कङ्दङ्वा रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथी नगरप्रमुख दिलिपकुमार राई र सभापती पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । समाजसेवीहरु प्रदिपकुमार राई, सुमन बि.क, भुपेन रनपहेली लगायत कार्यक्रममा विशेष उपस्तिथि रहेको थियो ।

कोरोनाको संक्रमणको बेला गायनको तवरले मानसिक तनाब कम गर्ने उद्देश्य र नवप्रतिभाको खोजीका लागि अनलाइन माध्यमबाट भए पनि कार्यक्रम गरिएको पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले बताए ।