धरान । पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार देशभरि ३ हजार ५ सय ५६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ५ सय ३ जना निको भएका छन् । नेपालमा हालसम्म ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।
नेपालमा थप १८ काे मृत्यु
नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।