धरान । सोमबार मृत्यु भएका धरान–१५ का वृद्धको आज रिपोर्ट पोजेटिभ आएको छ ।
८६ वर्षीया वृद्धको सोमबार साँझ ५ः४० बजेतिर मृत्यु भएको थियो । मृत्यु भएपछि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनको शव नियमानुसार व्यवस्थापन गर्न लागिएको छ । धरानमा कोरोना संक्रमणको कारण हालसम्म १७ जनाको ज्यान गएको छ । यसअघि विभिन्न वडाका १६ जनाको ज्यान गइसकेको थियो ।