धरान । मेलिना राई र नेपाल आइडल सिजन २ का विजेता रवि ओडको ‘गालैमा डिम्पल’ बोलको गीत श्रोतामाझ आएको छ ।

‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा नायकद्वय पुष्प खड्का र आकाश श्रेष्ठका साथमा डिम्पल योङ्हाङको अभिनय रहेको छ ।

रोवर्ड सिप्तुङ्खा राईको शब्द रहेको गीतमा सुनिल राईले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । काठमाडौँस्थित पार्क भिलेज रिसोर्टमा छायांकन गरिएको छ ।