ब्लाष्टखबर । धरानमा थप १ सय ९७ जना काेराेना संक्रमित थपिएकाे छन् ।

थपिएका संक्रमितहरूमध्ये धरान १७ स्थित एन्फा एकेडेमीकाे क्वारेन्टाइमा १९० जनाकाे स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएकाे हाे । जसमा ३ जना रिजाँच गरेकाहरू हुन् । ११ जनाले रिजाँच गरेका थिए । 

यस्तै ९३ जना बीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेकाे उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए । 

उनका अनुसार बीपी प्रतिष्ठानमा स्वाब संकलन गराएका १९ जना ंसंक्रमितकाे भने गएराति नै रिपाेर्ट आएकाे थियाे । अन्यकाे रिपाेर्ट आज बिहान आएकाे हाे । 

थप १ सय ९७ सहित धरानमा कुल संक्रमितकाे संख्या १ हजार ३७९ पुगेकाे छ । त्यस्तै धरानमा हालसम्म १६ जना काेराेना संक्रमितले ज्यान गुमाइसकेका छन् ।