धरान । नेपालमा सोमबार आएको रिपोर्टअनुसार फेरि संक्रमितको संख्या उकालो लागेको छ ।

पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार देशभरि ४ हजार ४७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ४७३ जना निको भएका छन् । नेपालमा हालसम्म ७७ हजार २ सय ७७ जना निको भएर घर फर्किएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । जसमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी १९ हजार ९५७ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा थप ९ काे मृत्यु

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन्। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।