मधुमल्ला । मोरङ मिक्लाजुङमा गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

मिक्लाजुङ–७ का एक पुरुष र वडा ८ का पुरुष गरी दुई जनामा कोरोना देखिएको हो । असोज २१ गते बुधबार मिक्लाजुङ गाउँपालिकाबाट २८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा २ जनामा रिपोर्ट पोजेटिभ आएको मिक्लजुङ गाउँपालिका स्वास्थ्य शाखा अधिकृत चिन्तामणि पोख्रेलले बताए ।

संक्रमितहरू होम क्वारेन्टिनमा बस्दै आएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्यकर्मी रोहिणी भट्टराईले बताए । योसँगै मिक्लाजुङमा सक्रिय संक्रमितको संख्या ७ पुगेको छ ।