वराहक्षेत्र/कोरोना भाइरसले वराहक्षेत्र नगरपालिकामा १ जनाको मृत्यु भएको छ भने हालसम्म नगरभित्र ५९ जना संक्रमित बनेका छन् ।

कोरोनाले वार्ड नम्बर ५ को एक जना बिरामीकोे नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको छ । कोरोनाबाट नगरपालिका–६ मा सबैभन्दा धेरै १४ जना, ५ मा ९ जना, ४ नम्बरमा ८ जना, ७ मा ७ जना, २ मा ५ जना, यसैगरी १० र ११ मा ४–४ जना, ८ मा ३ जना, ३ र ९ मा २–२ र १ मा १ जना संक्रमित भएको श्रीरामानन्दाचार्य सेवापीठ आइसोलेसन सेन्टरका अहेब प्रमोद यादवले बताए ।

नपाको महेन्द्र मावि चक्रघट्टी र भरौल,प्रकाशपुर र मधुबन मावि तथा माझी उत्थान समाज मधुवनको ४ वटा विद्यालय र संस्थाको भवनमा बनाईएको क्वारेन्टाइन सेन्टरमा,अहिले सम्म ८ जना र होम क्वारेन्टाइनमा १७ जना रहेका छन् । ३४ जना बिरामी निको भएर घर फर्केको अहेब यादवले जानकारी दिए ।

चतराको रामानन्दाचार्य सेवापीठ स्थित आइसोलेसन सेन्टरमा आएका १ सय ५७ जना संक्रमित मध्ये १ सय ४५ जना निको भएर घर फर्केका छन र २ जना लाई रिफर गरिएको छ ,भने अहिले ७ जना पुरुष र ३ महिला गरि १० जना आइसोलेसनमा रहेको यादवले बताए ।

कोरोनाभाइरस वाट ३ जना महिला कर्मचारी संक्रमित भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा अनिश्चितकालिन बन्द भएको छ । शुक्रवार ६ जनामा गरिएको स्वाब परिक्षण मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको केन्द्रका प्रबन्ध निर्देशक डाक्टर अनिल गिरीले बताएका छन् ।