धरान । धरान–२ का थप एक कोरोना संक्रमितको ज्यान गएको छ । उच्च रक्तचापबाट ग्रसित बनेका ८९ वर्षीय वृद्धको हिजो बिहान ज्यान गएको हो ।
उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असोज २३ गते भर्ना गरिएको थियो । शवको व्यवस्थापन प्रोटोकल अनुसार भइरहेको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।