धरान । आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र धरान उपमहानगरपालिकामार्फत स्वाब संकलन गरिएकामध्ये ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ४ जना पुनः जाँच गरेकाहरू हुन् । धरान उपमहानगरमार्फत ३५ जनाको स्वाब संकलन गरेर जाँच गर्दा १३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । अन्य भने बीपी प्रतिष्ठानमा गरेकाहरू हुन् ।

१३ मध्ये ९ जना नयाँ संक्रमित हुन् भने ४ जना पुराना संक्रमित हुन् । पहिलो लटमा गरिएकाहरूको रिपोर्ट आएको हो । एन्फा एकेडेमीमा गरिएको रिपोर्ट भने हालसम्म आएको छैन । ‘साँझ ७ बजेसम्म रिपोर्ट आइसक्छ’ मेहताले फोन सम्पर्कमा भने, ‘त्यहाँ १९० जनाको स्वाब संकलन गरिएको छ ।’

रिपोर्ट आएकामध्ये पुनः जाँच गरिएकामध्ये ४ जना अनुसन्धान कार्यालयका कर्मचारी हुन् । धरानमा दैनिक संक्रमितको संख्या बढिरहेको छ ।