वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका–२ को प्राथमिक स्वास्थ्य केन्द्र चतराको ३ जना महिला कर्मचारीलाई कोरोना भाइरसबाट संक्रमित बनेपछि सम्पूर्ण सेवा बन्द गरिएको छ ।

शुक्रबार ६ जनाको स्वाब संकलन गरेर पीसीआर गरिएकामध्ये तीन जना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रबन्ध निर्देशक डाक्टर अनिल गिरीले बताए । अहिलेसम्म २ नम्बर वडामा १ पुरुष कर्मचारी, उनको श्रीमती र स्वास्थ्य केन्द्र (पिएचसी चतरा) का गरी ५ जना संक्रमित बनेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि पिएचसी चतराको सम्पूर्ण सेवा स्थगित गरिएको डाक्टर गिरीले बताए ।