धरान । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
उनले पाटन अस्पतालमा स्वाब दिएका थिए । आइतबार उनको रिपोर्ट पोजेटिभ आएको हाे । मन्त्री पोखरेललाई ज्वरो आएपछि स्वाब परीक्षण गराएका थिए । मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल हाल पाटन अस्पतालमै रहेका छन् । रिपोर्ट पोजेटिभ देखिए पनि उनको अवस्था सामान्य रहेको प्रेस सहयोगी खड्काले जानकारी दिए ।