धरान । आफ्नो जन्मदिन प्रायले आफ्नो परिवार र साथीहरुसँग रमाईलो गरेर मनाउने गर्छन् । धरान–१९ की आङसाङ लिम्बु भने आफ्नो जन्मदिन अलि फरक तरिकाले मनाउँछिन् ।

उनी आफ्नो जन्मदिनमा गरिब, दुखी, असहाय कसै न कसैलाई सहयोग गर्छिन् त्यसपछि मात्र आफन्त र साथीहरुसँग मनाउँछिन् । यसपटक आङसाङले आफ्नो जन्मदिनमा बीपी प्रतिष्ठानमा उपचार गराईरहेकी विरामीलाई आर्थिक सहयोग गरिन् ।

करिब एक महिनादेखि बीपी प्रतिष्ठानमा उपचाररत मोरङ केराबारी गाउँपालिकाको ७ की ४० वर्षिया कला राईको उपचारमा सहयोग स्वरुप आङसाङले नगद ६ हजार रुपैयाँ प्रदान गरिन् । आमाको उपचारमा आर्थिक समस्या भोग्दै आएका कलाका छोरीहरुलाई शुक्रबार प्रतिष्ठानमै पुगेर उनले सहयोग गरेकी हुन् । कलाका श्रीमान दुई वर्षअघि निधन भएका थिए ।

काठमाण्डौ स्थित कान्तिपुर डेन्टल हस्पिटलमा बिडिएस पढ्दै गरेकी आङसाङले यसअघिका जन्मदिन बालआश्रम, ज्येष्ठनागरिक, एचआईभी संक्रमित, अपाङ्गता भएकाहरुलाई सहयोग गरेर मनाउँदै आएकी छिन् । आफ्नी आमा समाजसेवी तथा गायिका हर्षु राईको प्रेरणाले जन्मदिनमा सहयोग गर्ने गरेको उनी बताउँछिन् । 

आङसाङ मिस लिम्बुकी सहभागी पनि हुन् ।

aangs