धरान/ खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा ‘मर्ने बाँच्नेको’ गीत सार्वजनिक भएको छ ।

गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा विमल अधिकारी, दिव्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाईं, विष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय छ ।

विदेशका युवा दशैंमा घर आउन नपाउँदा उसले र उसको परिवारले महसुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायत्री थापाको निर्देशनमा भिडियो निर्माण भएको हो ।