ब्लाष्टखबर । इटहरी उपमहानगरपालिकामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याे संगै इटहरीमा संक्रमितकाे संख्या २ सय ६८ पुगेकाे छ ।
संक्रमितहरू मध्याे १९ गते गरिएकाे स्वा परिक्षणबाट वडा नम्बर १ का २ महिला, ८ का १ महिला र १ पुरूष, ११ का ४ महिला र २ पुरूष, १२ का ३ महिला र ४ पुरूष, १३ का १ महिला र प्रदेश ल्याबमा आफै गएर परिक्षण गराउने वडा नं १ का १ महिला र एक पुरूषमा संक्रमण देखिएकाे उपमहानगरका प्रेस संयाेजक लिलाराज भट्टराइले बताएका छन् ।