बिर्तामोड । १७ औं निजामती सेवा दिवसका अवसरमा सोमबार झापाको अर्जुनधारा नगरपालिकाका कर्मचारीले रक्तदान कार्यक्रम गरेका छन् । रगतको बढदो अभाव पुर्ती गर्न कर्मचारीले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

पछिल्लो समय जिल्लामा रगत अभाव भइरहेको समयमा कर्मचारीले निजामती दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए । कोरोना संक्रमणको त्रासका बिच आवश्यक भौतिक दुरी कायम गर्दै नगरका कर्मचारीले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोग र नगरको आयोजना गरिएको कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

निजामती सेवाले कानुनी रूपमा संस्थागत स्वरूप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा दिवस मनाइन्छ । देशमा करिब ८९ हजारभन्दा बढी कर्मचारी निजामती सेवामा क्रियाशील छन् ।