ब्लाष्टखबर । देश १ मा साेमबार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्याे सबैभन्दा धेरै मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा रहेका छन् । याेसंगै  प्रदेश १ मा संक्रमितकाे संख्या ४ हजार १ सय ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमित हुनेहरूमा सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष रहेका छन् । त्यस्तै, माेरङकाे विराटनगरमा २० महिला र ३१ पुरुष गरी ५१ जनामा संक्रमण देखिएको छ । रतुवामाई र बेलबारीमा ५–५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बार्हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषमा पनि संक्रमण देखिएकाे  मन्त्रालयले जनाएको छ ।

आज थप २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको रहेका छन् । हालसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । 

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा चतरा स्थित बराहक्षेत्रको रमानन्दआचार्य सेवा पीठकाे आईसोलेसनबाट ३१ जना,  वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।