ब्लाष्टखबर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेहरूमा सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर १ जना र प्रदेश १ बाहिरका १ जना रहेको छन् ।
जसमा सुनसरीको धरानमा १ महिला र ७० पुरुष गरी ७१ जनामा संक्रमण देखिएको छ भने इटहरीमा ५ महिला र २ पुरुषमा संक्रमण देखिएकाे छ ।
मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
प्रदेश १ मा आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् । याे संगै डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।