कोरोना भाइरसः रूसमा परीक्षण गरिएको खोपले ‘काम गर्ने सङ्केत’

alt
  • भदौ २१, २०७७
  • बीबीसी नेपाली सेवा

रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् ।

खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ । खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो ।

विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ । केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ छ ।

साइड इफेक्ट के छ ?
गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए । स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ । प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो ।

सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो । उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एण्टीबडीको विकास भएको थियो । उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको छ ।

लामो प्रक्रिया बाँकी
प्रतिवेदनमा भनिएको छ, ‘कोभिड–१९ को सङ्क्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक छ ।’

जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा ‘फरक–फरक उमेर र जोखिम समूह’ बाट ४० हजार स्वयम्सेवक सहभागी हुनेछन् । तर विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझै पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा अहिले १७६ वटा सम्भावित खोपको विकास गरिँदै छ । तीमध्ये ३४ वटा मानिसहरूमा परीक्षणका क्रममा छन् । जसमध्ये आठवटा तेस्रो चरणको परीक्षणमा छन् ।

‘निजी विद्यालयको शुल ...

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले एक हप्ता भ ...

प्रदेश १ मा ९२ संक्र ...

विराटनगर । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका ...

बुधबार ८,३००  नमुना ...

ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा  ८ हजार ...

नेपाली कांग्रेसका वर ...

ब्लाष्टखबर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved