ब्लाष्टखबर । आज साँझ धरान ६४ जनामा काेराेना संक्रममण देखिएकाे छ । संक्रमित हुनेमा धरान १३ फुस्रे स्थित आर्मी क्याम्पका सेना तथा तिनका परिवारहरू ६२ जना र २ इलाका प्रहरी कार्यालय धरानका प्रहरी रहेकाकाे धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेस मेहताले बताएका छन् । 

उनका अनुसार आर्मी क्याम्प भित्र १० जना भन्दा बढिमा एकैपट ज्वराे अाएपछि १७ गते १३१ जनामा गरीएकाे परिक्षणमा ६२ जनामा संक्रमण देखीएकाे हाे । संक्रमित हुनेहरूमा सेनाकाे परिवारका २ वर्षीय बालिका समेत रहेका छन् । 

यस अघिपनि क्याप भित्रका १४ जना सेनामा गरीएकाे परिक्षणमा १२ जना र १३ जनामा गरिएकाे परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएकाे थियाे । प्रहरीमा भने ११ जनामा परिएकाे परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएकाे हाे ।  

याे संगै धरानमा संक्रमितकाे संख्या २ सय ७१ पुगेकाे छ ।

अाज विहान धरान २ का ३३ वर्षीय पुरूष र  बीपी प्रतिष्ठानमा कार्यरत ३ जना हेल्थ एडमा संक्रमण पुष्टि भएकाे थियाे ।