धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको भएको छ ।

मृत्यु हुनेमा विराटनगर-११ का ४३ बर्षीय महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । उनलाई न्यूरो अस्पतालदेखि भदौ १८ गते बीपी प्रतिष्ठानमा रिफर गरिएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

उनका अनुसार मृतक महिला विगत ४ वर्षदेखि उच्च रक्तचाका विरामी हुन् । डा. सापकोटाका अनुसार शवको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।