ब्लाष्टखबर । सुनसरीमा ३४ जना सहित प्रदेश १ मा आज थप १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या हजार ८२५ पुगेको छ ।

संक्रमितहरूमा मोरङमा ७० जना सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवीमा ७ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ९ पुरुष, धरानमा १ महिला र २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला र १ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

माेरङकाे विराटनगरमा २५ महिला र ३५ जना पुरुष गरी ६० जनामा संक्रमण पुष्टि भएको छ । बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषमा संक्रमण देखिएकाे छ । 

मन्त्रालयका अनुसार झापाको कनकाईमा ३ महिला र ८ पुरुष, दमकमा ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुषमा संक्रमण पुष्टि भएकाे छ । 

उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङका १–१ पुरुष ,ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला र २ पुरुष, भोजपुरमा १ पुरुष,  र प्रदेश १ बाहिरका १ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएकाे छ । 

प्रदेश १ मा ७२ जना डिस्चार्ज भएका छन् । याेसंगै डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।