धरान/ धरानमा ४ महिने शिशुसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको ४ महिने शिशु, धरान–११ का ३७ बर्षीय र ८५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।