विराटनगर । विराटनगरस्थित एसियाटिक होटलमा बनाएको आइसोलेशनबाट कोरोनालाई परास्त गर्दै संक्रमितहरू डिस्चार्ज हुन थालेका छन् ।
प्रदेश १ सरकार र विराटनगर महानगरपालिको सहयोगमा बनाएको होटल आइसोलेशनबाट संक्रमितहरू निको भइ डिस्र्चाज हुने गरेका हुन् ।
बिहीबार पाँच जना पुरुष र दुई जना महिला गरि सात जना डिस्र्चाज भएको एसियाटिक होटलका संचालक पुन्य भट्टराईले जानकारी दिए । डिस्र्चाज हुनेहरूमा ६ जना झापा र १ जना मोरङका रहेका छन् ।
उनीहरू दुई साता भन्दा बढी एसियाटिक होटलको आइसोलेशनमा बसेपछि स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि डिस्र्चाज भएका हुन् । यस अघि एक जना डिस्चार्ज भएको एसियाटिक होटलका संचालक भट्टराईले बताए । डिस्चार्ज हुनेहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू हुन् ।
आठ जना डिस्र्चाज भएसँगै अब होटलको आइसोलनमा १३ जना संक्रमित छन् । होटल आइसोलनमा बसेका संक्रमितहरूको उपचार र उनीहरूको स्वास्थ्य परामर्शका लागि एक जना स्वास्थ्यकर्मी रहेका छन् ।
सामाजिक विकास मन्त्रालयले राखिदिएको स्वास्थ्यकर्मीले संक्रमितहरूलाई स्वास्थ्य परामर्श र आवश्यकता अनुसार औषधि पनि दिने गरेको छ । होटलमा सामाजिक विकास मन्त्रालयले आवासीय रूपमै एक स्वास्थ्यकर्मी पनि खटाइदिएको संचालक भट्टराइले जानकारी दिए । होटलमा आइसोलेसनमा ६५ जनालाई राख्न सकिने बताइएको छ । होटलमा बनाएको आइसोलेशन नेपालको पहिलो भएको दाबी गरिएको छ ।