ब्लाष्टखबर । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने दुबै जना सप्तरी जिल्ला स्थित राजविराज ७ का ५५ र ५० वर्षका पुरुष रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । उनिरुको ४५ मिनेटको अन्तरालमा आज दिउसो १ :१५ मा ५५ वर्षका पुरुषको र २ :०२ मा ५० वर्षका पुरुषको मृत्यु भएको सापकोटाले बताएका छन ।
५५ वर्षीय पुरुष कमजोरी, अल्प रक्तको समस्या, मधुमेह जस्ता समस्याका कारण सप्तरी स्थित छिन्नमस्ता अस्पतालबाट रिफर भई भदौ ४ गते बीपी प्रतिष्ठान ल्याइएको थियो । मेडिसीय वाडमा उपचार गराइरहेको उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएसंगै ८ गते कोभिड १९ अस्पतालमा सारी आइसियुमा उपचार भैरहेको अवस्थामा मृत्यु भएको प्रवक्ता सापकोटाले जनाएका छन् । उनका अनुसार मृतक १५ वर्षदेखी मधुमेह र उच्च रक्तचापका विरामी हुन् ।
त्यस्तै, ४ दिन देखी उच्च ज्वरो, स्वासप्रस्वासमा समस्या तथा शारिरीक सिथिलताका विरामी ५० वर्षीय पुरुषमा आजै संक्रमण पुष्टि भई, प्रतिष्ठान ल्याइएको थियो । प्रतिष्ठान आइपुग्दा सिकिस्ता अवस्तामा रहेका उनमा मधुमेहको दिर्घरोग रहेको प्रवक्ता सापकोटाले बताएका छन् ।
सापकोटाका अनुसार दुबै शवको व्यावस्थापन गर्ने कार्य भइरहेको छ ।