भोजपुर/ भोजपुरमा तीन जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाको हतुवागढी गाउपालिकाका तिन जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएर अरुण गाउँपालिकाको वडा नम्बर ६ जरायोटार स्थित होल्डिङ एरियामा बसेका उनिहरुको पीसिआर रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । संक्रमित हुनेमा दुई जना ४० वर्षका र एक जना ३० वर्षका पुरुष रहेका छन् । उनिहरु तिनै जना भारतिय सेना रहेको प्रमुख जिल्ला अधिकारी पुरीले जानकारी दिए ।
संक्रमित भएकाहरुलाई भोजपुर नगरपालिका ६ देउरालीमा रहेको आइसोलेसन सेन्टरमा राखिएको छ । उनिहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए । भोजपुरमा हाल सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ६ जना निको भएर घर फर्की सकेका छन् ।
संक्रमित तिन जनाको सुनसरीको बराहक्षेत्रमा रहेको आईसोलेसनमा उपचार भैरहेको छ । बुधवार संक्रमित ३ जनाको भने देउराली आईसोलेसन उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।