ब्लाष्टखबर । सुनसरीमा ७१ जनजा सहित प्रदेश १ मा आज थप १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुगेको छ ।
आज थपिएका संक्रमितहरू मध्याे मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
सुनसरीकाे इटहरीमा ५८ जना, धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा–नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ मा संक्रमण पुष्टि भएकाे छ । त्यस्तै प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसारमाेरङकाे विराटनगरमा ४२ जना, धनपालथानमा २ जना र स्थानीय तह नखुलेको २ मा संक्रमण पुष्टि भएकाे हाे।
झापाको कमल गाउँपालिकामा ६, मेचीनगरमा ३ , विर्तामोड र गौरीगञ्जमा १–१ जना, भोजपुरको हतुवागढीमा ३ जना, पाँचथरको स्थानीय तह नखुलेका १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । याेसंगै डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।