ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ यस २० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ५ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १८ हजार १ सय ८ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।
२४ घण्टामा १ हजार १ सय १२ जना निकाे भएर घर फर्केका छन् । हाल सम्म निकाे हुनेकाे संख्या २३ हजार २ सय ९० पुगेकाे छ । मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा १२ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या २ सय ५१ पुगेकाे छ ।