इनरूवा / आज सुनसरीमा ६७ जना काेराेना संक्रमित थपिएका छन् । जसमध्ये इटहरीका ५८ जना रहेका छन् । धरानका ७ जनामा काेराेना देखिँदा भाेक्राहा र इनरूवाका १/१ जना छन् । इनरूवाका संक्रमित भने प्रहरी अधिकृत  हुन् ।

आज थपिनेमा ६० जना पुरूष रहेका छन् भने ७ जना महिला हुन् । याे सँगै सुनसरीमा संक्रमितकाे संख्या ८३० पुगेकाे स्वास्थ्य कार्यालय सुनसरीले जनाएकाे छ । ३८५ जना निकाे भएका छन् । सुनसरीमा ६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।