ब्लाष्टखबर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४, पाचथरमा १ जना र धनकुटामा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये सुनसरी इनरूवाममा ४ महिला र २२ पुरूष, इटहरीमा ३ महिला र १८ पुरूष, दुहवीमा ३ महिला र ४ पुरूष र धरानमा १ महिला र १ पुरूष रहेका छन् । माेरङमा बिराटनगरमा ३ महिला र ७ पुरूष, बेलबारीमा २ महिला र १ पुरूष र रतुवामाइमा २ महिलामा संक्रमण देखिएकाे छ ।
झापामा गाैरीगञ्जमा १ पुरूष, दमकमा ३ पुरूष र ५ महिला, कमल गाउपालिकामा १ महिला र बाह्रदशीमा १ महिला र ३ पुरूषमा र पाचथरकाे फिदिमकी १ महिला र धनकुटाका १ पुरूषमा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
याेसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४५४ पुगेको छ । पुगेकाे छ । जसमा ६३ जनाकाे पुदेश १ स्थाइठेगाना नभएकाे मन्त्रालयले जनाएकाे छ । प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । हाल सम्म १ हजार ६०३ जना कोरोनामुक्त भएका छन् । जसमा १२ जना प्रदेश १ स्थाइ ठेगाना नभएका रहेका छन् ।
१ जना प्रदेश १ बाहिरका सहित हालसम्म प्रदेश १ मा ३३ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेका छन् ।