ब्लाष्टखबर । धरानमा धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका ७ जना मध्य ५ जना भारतीय सेनामा कार्यरत रहेकाे, १ जना साउदी अरबबाट आएकाे र अर्का एक जना समुदायकाे रहकाे धरानउपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । संक्रमित हुनेहरूमा भारतीय सेनामा कार्यरत धरान १९ का २३ वर्षीय पुरूष, धरान १३ का २८ वर्षीय पुरूष, धरान ११ का ४९,२६,४२ वर्षीय पुरूष रहेकाे मेहताले बताएका छन् ।
उनीहरू मध्याे एक जना हाेटलकाे क्वारेन्टाइनमा बसेका र अन्य ४ जना एन्फा क्वारेन्टाइमा बसेकामा रिपाेर्ट ढिलाे आएकाले घरमै क्वारेन्टाइनमा बस्ने गरी गएकाे मेहताले बताए । त्यस्तै धरान १ का एक ३५ वर्षीय पुरूष साउदी अरबबाट आएकाे र उनी एन्फा क्वारेन्टाइनमा रहकाे मेहताले बताएका छन् ।
मेहताका अनुसार धरान १६ का १ २३ वर्षीय पुरूषकाे भने ट्राभल हिष्टि नभएकाे खुलेकाे छ । उनले आफू क्रन्ज फिटनेसमा जाने गरेकाे बताएकाे मेहताले बताएका छन् । याे सँगै धरानमा संक्रमितकाे सख्या ७१ पुगेकाे छ ।