विराटनगर / विराटनगरस्थित कोशी अस्पतालको आइसुलेशनमा भर्ना भएका मोरङ सुनवर्षी नगरपालिका – ८ का ४५ वर्षीय एक जना पुरूषको अवस्था गम्भीर भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको छ ।
प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररत संक्रमितको बुधबार पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो अत्यन्तै सिकिस्त अवस्थामा विराटनगरको कोशी अस्पतालबाट प्रतिष्ठान पुगेका थिए ।

समन्वय नगरी एम्बुलेन्स चालकले लिएर संक्रमित आएको भन्दै उनको भर्नामा पनि ढिलाई भएको थियो । कोशी अस्पताल आइसोलेनका संयोजक डा.लक्ष्मीनारायण यादवका अनुसार ज्वरो र श्वासप्रश्वासाको समस्या देखिएपछि ती व्यक्ति अस्पतालको फिवर क्लिनिकमा मंगलबार आएका थिए । उनको अस्पतालले स्वाब संकलन गरी अस्पतालको आइसोलेशनमा भर्ना गरेको थियो । मंगलबार राति प्रदेश जनस्वास्थय प्रयोगशालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

बुधबार विहानबाट विरामीको अवस्था थप जटिल देखिएपछि भेन्टिलेटरमा राख्नु पर्ने भन्दै कोशीबाट धरान रेफर गरिएको डा.यादवले जानकारी दिए । ‘कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा भेन्टिलेशनमा समस्या आएपछि हामीले धरानस्थित बिपी प्रष्ठिनामा रेफर गरेको हो,’ डा. यादवले भने, ‘बीपीका डा. सन्जिव शर्मासँग कोशीको कोभिड उपचार केन्द्रका डा. डेन आचार्यले समन्वय गरी संक्रमितलाई धरान पठाएको हो ।’

प्रतिष्ठानले भने समन्वय नगरी विरामी ल्याएको भन्दै भर्ना गरी उपचारमा ढिलाई गरेको बताइएको छ । प्रतिष्ठानको भेन्टिलेशनमा राखेर उपचारको क्रममा संक्रमितको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले बताए । विराटनगरबाट विहानै पठाएको कोशी अस्पतालले भने पनि प्रतिष्ठानले दिउँसो १ बजे मात्र आइपुगेको बताएको छ । समन्वय नगरि विमारी पठाउनदा समस्या आउने गरेको सापकोटाले बताएका छन् । आजे अस्पतालका निर्देशक प्राडा गौरीशंकर साहले विज्ञप्ति जारी गरि अस्पतालसँग समन्वय गरेर मात्र विमार िपठाउन आग्रह गरेका छन् ।

संक्रमित पुरूष १० दिन अगाडी भारतबाट आएका थिए
कोरोना संक्रमित पुरूष भारत ससुरालीबाट १० दिन अगाडी मोरङ सुनवर्षाी नगरपालिका ८ घर आएको खुलेको छ । ज्वरो खोकि र स्वास प्रश्वासमा समस्या आएपछि काशी अस्पतालको फिवर क्लिनिकमा आएका थिए । फिवर क्लिनिमा आएका ति पुरूषमा कोरोनाको लक्षण देखिएपछि स्वाव संकलन गरिएको कोशी अस्पतलाको आइसोलेशन संयोजक डा. यादवले बताए ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।